एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । योसँगै लेस्टर सिटी बाहिरिएको छ ।
आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३-१ अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा स्थान बनाएको हो । लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १/१ गोल गरे । यता कार्डिफका रुबिन कोलविलले सान्त्वना गोल गरे ।
अर्को खेलमा लेस्टर सिटी नटिंगघम फरेस्टसँग ४-१ अन्तरले पराजित हुँदै बाहिरियो ।


