आइतबार, भाद्र २८ गते २०८३
images

अफगानिस्तान महिला फुटबल टोली अभ्यासमा फर्किए 

एक्सप्रेस पाना
माघ २४, २०७८ सोमबार
  • 383
    SHARES
  • अफगानिस्तान महिला फुटबल टोली अभ्यासमा फर्किए 

    एजेन्सी । तालिवानले सत्ता कब्जा लिएपछि देशबाट निक्लिएका अफगानिस्तानी महिला फुटबल टोली अभ्यासमा फर्किएको छ । टोलीलाई मैदानमा फर्कने माहोल सृजना गरेको छ । 

    images

    गत अगष्टमा २० वर्षपछि तालिवानले अफगानिस्तान नियन्त्रणमा लिँदा महिला खेलाडी आफ्नो भविष्य खतरापूर्ण देखेर अष्ट्रेलिया पुगेका थिए । जहाँ खेलाडीलाई मेलवर्न भिक्टोरीले समर्थन गर्‍यो ।  

    अफगानिस्तान टोलीले यस वर्ष भिक्टोरियाको सिनियर महिला प्रतियोगितामा सहभागिता जनाउन खोजिरहेको छ । त्यसैले उनीहरूले शनिबार मेलवर्नमा आफ्नो पहिलो अभ्यास सत्र पूरा गरे । ‘पूरा खेलाडीसँगै खेल्न निकै उत्साहित छन्,’ टिम कप्तान तथा गोलरक्षक फातिमाले भनिन् । 

    images

    यस वर्ष अफगानिस्तान टिमले भिक्टोरिको ब्यानरमा खेल्नेछ । जसलाई क्लबले पूरा समर्थन गर्ने जनाइएको छ । अफगानिस्तान महिला टोली सन् २००७ मा स्थापना भएको थियो । उसले आफ्नो पहिलो आधिकारीक खेल सन् २०१० मा नेपालविरुद्ध खेलेको थियो । अफगानिस्तानले सन् २०१२ मा कतारविरुद्ध पहिलो जित निकालेको थियो । 

    The Afghanistan women's football team train at Darebin International Sports Centre as part of their new partnership with A-League club Melbourne Victory.