आइतबार, भाद्र २८ गते २०८३
images

रोनाल्डो बने इन्स्टग्राममा चार सय मिलियन फलोअर्स पाउने पहिलो व्यक्ति

एक्सप्रेस पाना
माघ २४, २०७८ सोमबार
  • 379
    SHARES
  • रोनाल्डो बने इन्स्टग्राममा चार सय मिलियन फलोअर्स पाउने पहिलो व्यक्ति

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टग्राममा चार सय मिलियन फलोअर्स पुगेको छ । योसँगै उनि चार सय मिलियन फर्लाअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका छन् ।

    images

    रोनाल्डोले गत शनिबार मात्र आफ्नो ३७औं जन्मदिन मनाएका थिए । इन्स्टाग्राम फलोअर्समा रोनाल्डोलाई पछ्याइरहेकी केली जेनरको ३०८ मिलियन फलोअर्स छन् । 

    सर्वाधिक फलोअर्सको तेस्रो स्थानमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी छन् । मैदान र कीर्तिमानमा सधै चर्को प्रतिस्पर्धा हुने चिर प्रतिद्वन्द्वी मेस्सीको इन्स्टग्राममा ३०६ मिलियन फलोअर्स छन् ।

    images

    यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड भित्रिएका रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले पोर्चुगलबाट ११५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

    रोनाल्डोले सन् २००२/०३ को सिजनदेखि स्पोर्टिङ लिस्बनबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । त्यस्तै सन् २००३ देखि पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलिरहेका रोनाल्डोले हालसम्म १८४ अन्तर्राष्ट्रिय खेल खेलका छन् ।