आइतबार, भाद्र २८ गते २०८३
images

फाप्ला क्रिकेट मैदानलाई साढे ३८ बिघा जग्गा उपलब्ध

एक्सप्रेस पाना
माघ २४, २०७८ सोमबार
  • 601
    SHARES
  • फाप्ला क्रिकेट मैदानलाई साढे ३८ बिघा जग्गा उपलब्ध

    माघ २४ काठमाडौं । नेपालमा क्रिकेटको शहर भनेर परिचय बनाएको धनगढीमा रहेको फाप्ला क्रिकेट मैदानको काम पुन: सुरु हुने भएको छ ।

    images

    नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम'लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ बिघा जग्गा उपलब्ध गराउने भएको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले फाप्लालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

    images

    सरकारको यो निर्णयसँगै 'ड्रिम फाप्ला' अभियानका अभियन्ता सुवाष शाहीले यसबाट आफूहरू हर्षित भएको बताएका छन् ।