आइतबार, भाद्र २८ गते २०८३
images

फरवार्ड भण्डारी आज साँझ स्वदेश फर्कदै

एक्सप्रेस पाना
माघ २५, २०७८ मंगलबार
  • 257
    SHARES
  • फरवार्ड भण्डारी आज साँझ स्वदेश फर्कदै

    माघ २५ काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी कतारबाट उपचार सकेर आज मंगलबार स्वदेश फर्कदै छिन् । 

    images

    उनी आज साँझ ७ः३५ बजे कतार एयरवेजको उडान नम्बर क्यूआर ६५० मार्फत काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ ।

    उपचारका लागि कतार पुगेकी भण्डारीको असार ३१ गते अस्पेटार अस्पतालमा  घुँडाको शल्यक्रिया भएको थियो । यो सँगै उनी ७ महिना भन्दा लामो समयपछि स्वदेश फर्कन लागेकी हुन् । 

    images

    तस्बिर सावित्रा भण्डारीको फेसबुकबाट