आइतबार, भाद्र २८ गते २०८३
images

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक स्वर्ण

एक्सप्रेस पाना
माघ २५, २०७८ मंगलबार
  • 278
    SHARES
  • विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक स्वर्ण

    एजेन्सी । विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालिन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । 

    images

    स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी आरओसी, नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । 

    यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समान एक स्वर्ण पदक हात पारेका छन् । हालसम्म १९ देशले पदक तालिकामा खाता खेलेका छन् । 

    images

    २० फेब्रुअरीसम्म चल्ने प्रतियोगितामा तीन हजार भन्दा बढी खेलाडीको सहभागीता रहेको छ भने ९३ देशले सहभागीता जनाएका छन् ।