आइतबार, भाद्र २८ गते २०८३
images

युनाइटेड बर्नलीसँग रोकियो

एक्सप्रेस पाना
माघ २६, २०७८ बुधबार
  • 366
    SHARES
  • युनाइटेड बर्नलीसँग रोकियो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली म्यानचेस्टर युनाइटेड रेलिगेशन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ ।

    images

    मंगलबार राति बर्नलीको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेड १-१ को बराबरीमा रोकिएको छ । 

    खेलको १८औं मिनेटमा पाउलो पोग्वाले गरेको गोलसंगै युनाइटेडले अग्रता बनाएको थियो । तर घरेलु टोलीका जय रोड्रिगुयजले ४७औं मिनेट बराबरी गोल गर्दै टोलीको संकट टारे ।

    images

    त्यस्तै दोस्रो हाफको खेलको ६८औं मिनेट  क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरे पनि थप गोल भने हुन सकेन ।

    उक्त बराबरीसँगै युनाइटेड २३ खेलबाट ३९ अंकसहित पाँचौं स्थानमा छ । बर्नली भने २० खेलबाट १४ अंक सहित पुछारमा रहेको छ ।

    राति नै भएको खेलमा न्युक्यासल युनाइटेडले एभर्टनलाई ३-१ तथा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १-० ले पराजित गर्दै शीर्ष चारमा उक्लियो । लिगमा २३ खेलबाट ५७ अंक सहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।