एजेन्सी । इटालियन सिरी ए फुटबल क्लब इन्टर मिलान रोमालाई हराउँदै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार रातिको भएको खेलमा इन्टरले मिलानले रोमालाई २-० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १/१ गोल गरेका थिए ।
जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए । सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए । त्यसपछि बाँकी समय थप गोल नहुँदा इन्टर विजयी भयो ।
उक्त हरासँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ । अब इन्टरले एसि मिलान र लाजियो बिचको विजेतासँग सेमिफाइनल खेल्नेछ ।


