आइतबार, भाद्र २८ गते २०८३
images

च्यासलमाथि पुलिसको जित

एक्सप्रेस पाना
माघ २६, २०७८ बुधबार
  • 253
    SHARES
  • च्यासलमाथि पुलिसको जित

    माघ २६ काठमाडौं । कोभिड-१९ को कारण स्थगित पुलिस र च्यासलबीच बुधवार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । 

    images

    त्रिपुरेश्वस्थित दशरथ रंगशालमा भएको खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबमाथि २-१ गोलको रोमाञ्चक जित निकालेको हो । 

    पुलिसको जितमा रवि शंकर पासवानको दुई गोल गरे । यता च्यासलको लागि मोउसा अबागानाले गरेका थिए । 

    images

    उक्त जितसँगै पुलिसले नौं खेलमा दुई जित, चार बराबरी र तीन हारका साथ १० अंक बनाउँदै १० औं स्थानमा उक्लिएको छ । समान अंक भएपछि गोल अन्तरका आधारमा एपीएफ नबौं स्थानमा छ । पुलिसको जितले जाउलाखेल ११ औं स्थानमा झरेको छ । 

    च्यासलको भने यो छैटौं हार हो । उसले अहिलेसम्म एक तीन दुई बराबरी खेलेको छ । उसको पाँच अंकका साथ रेलिगेसन जोनमा नै छ । अब लिगको १० औं चरणका खेलहरु शुक्रबारबाट सुरु हुनेछन ।

    यस अघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो । तर, च्यासलका खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।