आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : सिटी विजयी, टोटनहम पराजित

एक्सप्रेस पाना
माघ २७, २०७८ बिहीबार
  • 245
    SHARES
  • प्रिमियर लिग : सिटी विजयी, टोटनहम पराजित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले सहज जित निकाल्दा अर्को बलियो टोली टोटनहम भने पराजित भएको छ । 

    images

    बुधबार राति घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले ब्रेन्टफोर्ड २-० ले पराजित भयो । सिटीको जितमा रियाद मेहरेज र केभिन डि ब्रुयनले १/१ गोल गरे ।

    खेलको ४०औं मिनेटमा रियादले पाएको पेनाल्टी सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा केभिनले गोल गर्दा सिटीले सहज जित पायो । 

    images

    उक्त जितसंगै सिटीले शीर्ष स्थानमा २४ खेलबाट ६० अंक बनाएको छ । दोस्रो स्थानको लिभरपुलको २२ खेलबाट ४८ अंक छ  । पराजित ब्रेन्टफोर्ड २३ अंक सहित १४औं स्थानमा छ । 

    यता, अर्को महारथी क्लब टोटनहम रोमान्चक खेलमा साउथह्याम्पटनसंग ३-२ ले पराजित भयो । आत्माघाती गोलसंगै १-० ले पछि परेको स्थितिमा पुनरागमन गर्दै साउथह्याम्पटनले छैटौं जित निकालेको हो । 

    पाहुना टोलीको जितमा अर्मान्डो ब्राजा, मोहम्मद र चे एडाम्सले १/१ गोल गरे । टोटनहमका लागि हिङ मीन सनले गोल गर्दा साउथह्याम्पटका जान बेडनारेकले आत्माघाती गोल गरेका थिए ।

    उक्त जितसंगै साउथह्याम्पटनले २३ खेलबाट २८ अंक सहित १० औं स्थानमा उक्लिएको छ । पराजित टोटनहम भने २१ खेलबाट २६ अंक बनाउदै सातौं स्थानमा छ र छैटौं स्थानमा उक्लने मौका गुमायो ।