माघ २७ काठमाठौं । मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोट अन्तर्गत श्रीलंकाको ब्लु स्टार विरुद्ध हुने खेल अप्रिल ५ को खेल दशरथ रंगशालामा खेल्ने भएको छ ।
एएफसीले बिहीबार प्रतियोगिताको स्थान र समय निश्चित गरेपछि मछिन्द्रले दशरथ रंगाशालामा खेल्ने भएको हो । उक्त खेल ५ बजे हुनेछ ।
मछिन्द्र कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग २०७८ को सातौं राउण्डपछि छनोटका लागि लिग तालिकाको शीर्ष स्थानमा रहेको थियो । मछिन्द्रले प्रतियोगितामा पहिलो पटक खेल्दैछन् ।
मछिन्द्रले अर्को राउण्डमा भारतको मोहन बागानसँग अप्रिल १२ मा विवेकानन्द युवा भारती क्रिरांगनमा कोलकातामा हुने खेलमा खेल्न पाउने छ । यद्यपी उसले ब्लु स्टार विरुद्धको खेल जित्यो भने खेल्नेछ।


