आइतबार, भाद्र २८ गते २०८३
images

सीमा प्रतिबन्धपछि अस्ट्रेलिया र न्युजिल्यान्डबीचको टि२० रद्द

एक्सप्रेस पाना
माघ २७, २०७८ बिहीबार
  • 268
    SHARES
  • सीमा प्रतिबन्धपछि अस्ट्रेलिया र न्युजिल्यान्डबीचको टि२० रद्द

    माघ २७ काठमाडौं । अस्ट्रेलिया र न्युजिल्यान्डबीच अर्को महिना हुने तय भएको टि२० क्रिकेट शृंखला रद्द भएको छ ।

    images

    अस्ट्रेलिया र न्युजिल्यान्डले तीन टि२० क्रिकेट शृंखला खेल्ने तय भए पनि न्युजिल्यान्ड सरकारले सीमा प्रतिबन्ध खुकुलो नगरेपछि दुबै टोली शृंखला रद्द गर्न तयार भएका हुन् ।

    पहिलो खेल १७ मार्च र अन्तिम खेल २० मार्चमा हुने तालिका थियो । अस्ट्रेलियाविरुद्धको शृंखला रद्द भएसँगै न्युजिल्यान्डले अब नेदरल्यान्डविरुद्ध खेल्नेछ । 

    images