आइतबार, भाद्र २८ गते २०८३
images

नेपालको फिफा वरीयतामा दुई स्थान सुधार

एक्सप्रेस पाना
माघ २७, २०७८ बिहीबार
  • 338
    SHARES
  • नेपालको फिफा वरीयतामा दुई स्थान सुधार

    माघ २७ काठमाडौं । अघिल्लो साता मोरिससविरुद्ध घरेलु मैदानमा भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण जितपछि नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ । 

    images

    बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७औं स्थानमा रहेको हो । 

    यसअघिको वरीयतामा नेपाल १६९औं स्थानमा  थियो । दक्षिण एसियाली राष्ट्रको वरीयताको भने तेस्रो स्थानमा रहेको छ । भारत पहिलो स्थानमा रहँदा माल्दिभ्स दोस्रो स्थानमा रहेको छ । भारत १०४औं र माल्दिभ्स १५७औं स्थानमा छ । 

    images

    नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । भुटान १८५औं, बंगलादेश १८६औं, पाकिस्तान १९७औं र श्रीलंका २०४औं स्थानमा छन् ।   

    विश्व वरीयतामा नम्बर एकमा बेल्जियम यथावत् छ । यस्तै ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, इटाली, स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड क्रमशः दोस्रोबाट दशौं स्थानसम्म रहेका छन् ।