आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : दशौं चरण शुक्रबारदेखि

एक्सप्रेस पाना
माघ २७, २०७८ बिहीबार
  • 520
    SHARES
  • ए डिभिजन लिग : दशौं चरण शुक्रबारदेखि

    माघ २७ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत दशौं चरणको खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछ । यसअघि नवौं चरणमा एक खेल बाँकी राख्दै एन्फाले लिगलाई विश्राम दिएको थियो । जसमा राष्ट्रिय टोलीले पहिलो पटक अफ्रिकन प्रतिद्वन्द्वी मौरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । 

    images

    बुधबार विभागिय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेलसँगै नवौं चरण सक्काएको र एन्फाले दशौं चरणका खेल खेलाउन लागेको हो । यस चरणमा अन्य झै कुल ७ खेल हुनेछन् । एक खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ भने ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यो चरण जम्मा तीन दिनको हुनेछ । 

    शुक्रबार दुई खेल हुनेछ । पहिलो खेलमा रेलिगेसन जोनमा रहेको फ्रेन्डसले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्नेछ । यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लबको चुनौती पेस गर्नेछ । खेल दशरथ रंगशालामा क्रमशः १ बजे र साँझ पौने ५ बजे सुरु हुनेछ । 

    images

    यस्तै शनिबार तीन खेल हुनेछन् । एक खेल एन्फामा हुँदा दुई खेल दशरथ रंगशालामा हुनेछ । नेपाल पुलिस क्लब र सातदोबाटो एन्फामा १ बजे भिड्दा लिग लिडर मछिन्द्र फुटबल क्लबले सोही समयमा च्यासल युथ क्लबको दशरथ रंगशालामा सामना गर्नेछ । साँझ पौने ५ बजे त्रिपुरेश्वरमै हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

    यस्तै दशौं चरणको अन्तिम दिन तथा आइतबार दुई खेल हुनेछन् । दुबै खेल दशरथ रंगशालामा हुँदा १ बजे दिउँसो न्युरोड टिम एनआरटीले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । यस्तै साँझ पौने ५ बजे हुने खेलमा एपीएफ फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

    जारी लिगमा २३ अंकसहित मछिन्द्र शीर्षस्थानमा छ । १९ अंकको मनाङ दोस्रो स्थानमा रहँदा आर्मी १७ अंकसहित तेस्रो स्थानमा छ । यस्तै थ्रीस्टारको १६, संकटा १४, एनआरटी १३, सातदोबाटो १२, हिमालयन ११, एपीएफ १०, पुलिस १०, जावलाखेल ८, बीबीसी ६, च्यासल ५ र फ्रेन्ड्स ३ अंकसहित क्रमशः चौथो देखि १४औं स्थानमा छन् ।