आइतबार, भाद्र २८ गते २०८३
images

फागुनमा हुने भयो एनएनआईपीए स्पोर्टस् अवार्ड

एक्सप्रेस पाना
माघ २७, २०७८ बिहीबार
  • 294
    SHARES
  • फागुनमा हुने भयो एनएनआईपीए स्पोर्टस् अवार्ड

    माघ २७ काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस् अवार्ड १७ फागुनमा हुने भएको छ । 

    images

    आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्ड ललितपुरस्थित वज्रवाराही मन्दिरमा हुने जनाएको हो । 

    यस पटक ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका खेल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरी सिफारिस गरिएको खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने संघले जनाएको छ ।

    images

    २७ खेलका उत्कृष्ट खेलाडीले रु १० हजार सहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी मध्यबाट एक पुरुष र एक महिला सर्वोत्कृष्ट खेलाडी चयन गरिने छ । जसले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् । 

    यसैगरी एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी चयन गरिने र विजयीले ५० हजार प्राप्त गर्ने छन् । एक पुरुष र एक महिला उदीयमान खेलाडी चयन गरी ५० हजार नगदले सम्मान गरिने छ । एक पाका खेलाडी जसले खेलकुदमा जीवन व्यतीत गर्नुका साथै खेलकुदको विकासमा योगदान पुर्‍याएका छन् उनलाई गजराज आदर्श खेल व्यक्तित्व पुरस्कार बाट सम्मान गरिने छ । 

    यस्तै एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकार पुरस्कारबाट सम्मान गरिने छ । जसमा नगद २५ हजार रहेको छ । यस्तै एक जना वर्ष उत्कृष्ट पारा खेलाडी हुनेछन् । जसले १० हजार पाउनेछन् ।