आइतबार, भाद्र २८ गते २०८३
images

जोटाको दुई गोलमा लिभरपुल विजयी

एक्सप्रेस पाना
माघ २८, २०७८ शुक्रबार
  • 488
    SHARES
  • जोटाको दुई गोलमा लिभरपुल विजयी

    एजेन्सी । पोर्चुगिज युवा फरवार्ड डिअगो जोटाको दुई गोलको मद्दतमा इंग्लिस प्रिमियरल लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई २-० अन्तरले पराजित गरेको छ । 

    images

    विहिबार राति भएको खेलमा जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसंगै लिभरपुलले १५औं जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अग्रता दूरी घटाएको हो ।

    यस खेलबाट अफ्रिका कप अफ नेसन्स खेल्न इजिप्ट पुगेका मोहम्मद सलाह टोलीमा फर्किएका छन् । उक्त जितसंगै लिभरपुल २३ खेलबाट ५१ अंक सहित दोस्रो स्थानमा यथावत छ । लेस्टर भने २१ खेलबाट २६ अंक सहित १२औं स्थानमा छ । 

    images

    शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंक सहित लिभरपुल भन्दामाथि छ ।