आइतबार, भाद्र २८ गते २०८३
images

मेस्सीको पत्रकार सम्मेलन : ३ घण्टा अगाडि तीन हजार दर्शक झुम्मिए

एक्सप्रेस पाना
श्रावण २४, २०७८ आइतबार
  • 404
    SHARES
  • मेस्सीको पत्रकार सम्मेलन : ३ घण्टा अगाडि तीन हजार दर्शक झुम्मिए

    एजेन्सी। विश्वका चर्चित फुटबल स्टार मेस्सीले आइतबार पत्रकार सम्मेलन गर्दैछन्। स्थानीय समयअनुसार मध्यान्ह १२ बजे क्पाम्प नोउमा पत्रकार सम्मेलन सुरु गर्दैछन्।

    images

    २१ वर्ष व्यवसायिक फुटबल खेलेको स्पेनिस क्लब बार्सिलोनाबाट बिदा हुँदैछन्। बार्सिलोनाबाट बिदाइबारे आफ्ना धारणा राख्न आइतबार मेस्सीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

    बार्सिलोनाको आधिकारिक युट्युब च्यानलबाट समेत मेसीको पत्रकार सम्मेलनको लाइभ दिने तयारी भएको छ। मेस्सीको पत्रकार सम्मेलन सुरु हुन पौने ३ घण्टा समय बाँकी हुँदै विश्वभरका उनका समर्थकहरु बार्सिलोनाको युट्युब च्यानलमा झुम्मिएका छन्।

    images

    बार्सिलोनाको युट्युब च्यानलमा मेस्सीको पत्रकार सम्मेलनको टाइटल राखेर प्रतीक्षामा राखिएको छ। करिब पौने ३ घण्टा बाँकी हुँदै मेसीको पत्रकार सम्मेलनको प्रतीक्षामा १९ सय भन्दा बढी दर्शक आइसकेका छन्। यो बढ्ने क्रम जारी छ।