माघ २८ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दशौं चरणको पहिलो खेलमा रेलिगेशन जोनमा रहेको फ्रेण्ड्स फुटबल क्लबले ब्रिगेड ब्वाइजमाथि बीबीसीमाथि फराकिलो जितसँगै जारी पहिलो जित हात पारेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दंशरथ रंगशालामा भएको खेलमा फ्रेण्ड्सले बीबीसीलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । फ्रेण्ड्सको जितमा सुशिल शाह, एन्थोनी फ्रान्कोइसले समान २/२ गोल गरे भने श्यामबाबु क्याप्चाकी १ गोल गरे । यता बीबीसीका लागि ड्याडी जुनियर र कप्तान अनिल गुरुङले १/१ गोल गरे ।

खेलको १४औं मिनेटमा फ्रेण्ड्सले अग्रता बनाएको थियो । उसका लागि सुशील शाहले फ्रिकिकमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले जारी लिगमा डेब्यू खेलमै गोल गर्न सफल भए । त्यस्तै खेलको २८औं मिनेटमा बीबीसीले बराबरी गोल फर्काउन सफल भयो यसका ड्याडी जुनियरले गरे ।
त्यसपछि पुन फ्रेण्ड्सले २-१ गोलको अग्रता लियो । उसका लागि श्यामले गोल गरे । यस्तै पहिलो हाफको अतिरिक्कत समयमा फ्रेण्ड्सका एन्थोनी फ्रान्कोइसले सानदार गोल गरि पहिलो हाफमै ३-१ गोलको आरामदायी अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफमा फ्रेण्ड्सले थप २ गोल गर्दै एक गोल खान पुगेको उक्त जितसँगै फ्रेण्ड्सले १० खेलबाट ६ अंक जोड्दै अंक तालिकाको १२औं स्थानमा उक्लिएको छ । यता पराजित बीबीसीको भने समान खेलबाट समान ६ अंकसहित १३औं स्थानमा झरेको छ ।



