आइतबार, भाद्र २८ गते २०८३
images

ओमानले दियो नेपाल सामु १३६ रनको विजयी लक्ष्य

एक्सप्रेस पाना
माघ २८, २०७८ शुक्रबार
  • 366
    SHARES
  • ओमानले दियो नेपाल सामु १३६ रनको विजयी लक्ष्य

    माघ २८ काठमाडौं । आईसीसी टि२० विश्वकपमा दोस्रो पटक खेल्ने लक्ष्य साथ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रतियोगिताको तयारी स्वरुप चारदेशीय शृंखला अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ओमानको सामना गरिरहेकाे छ ।

    images

    टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन बनाएपछि नेपालले १३६ रनको विजयी लक्ष्य पाएको हो । उक्त लक्ष्य पाएको नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

    नेपालका लागि अभिनास बोहराले सर्वाधिक ३ विकेट लिँदा कप्तान सन्दीप लामिछाने , कमल एैरी, दिपेन्द्र सिंह एैरी र आरिफ शेखले समान १/१ विकेट लिए ।

    images

    नेपालसहित आयोजक ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र आरल्याण्ड सम्मिलित शृंखला नेपाली टोलीका लागि आफ्नो कमजोरी सुधार्ने राम्रो अवसर बनेको छ । 

    ओमानमा पहिलो पटक सन्दीप लामिछानेले कप्तानी गरेका हुन् । यस शृंखला पछि १४ सदस्यीय टोलीले बिश्वकपको ग्लोबल छनोट खेल्नेछ ।