माघ २८ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आजबाट सुरु भएको दशौं चरणको दोस्रो खेलमा विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबले अंक बाँडेका छन् ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र जावलाखेलले १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३औं मिनेटमा जावलाखेलका लागि ओनगुना जुनियरले गोल गरे । त्यस्तै खेलमा जित तर्फ अग्रसर रहेको जावलाखेल अतिरिक्त समयमा सम्हालीन सकेन ।
आर्मीका लागि खेलको अतिरिक्त समयको पाँचौं मिनेटमा सुमन अर्यालले गोल गरि खेलमा १ अंक दिलाउन सफल भए ।
उक्त बराबरीसँगै आर्मीको अपराजित यात्रामा कायम रहेको छ । उसको १० खेलबाट १८ अंकसहित तेस्रो स्थानमा यथावत् रहेको छ । भने यता जावलाखेल समान खेलबाट ९ अंक जोड्दै ११औं स्थानमा यथावत् रहेको छ ।


