आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : आज रोमाञ्चक तीन खेल हुँदै

एक्सप्रेस पाना
माघ २९, २०७८ शनिबार
  • 343
    SHARES
  • ए डिभिजन लिग : आज रोमाञ्चक तीन खेल हुँदै

    माघ २९ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ मा आज रोमाञ्चक तीन खेलहरु हुँदैछ । लिगको दशौँ चरण अन्तर्गत आज हुने तीन खेलमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

    मछिन्द्र ९ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आज च्यासललाई हराएर मछिन्द्र शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ । च्यासल ९ खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ । रेलिगेसनबाट बच्न च्यासललाई यस खेल महत्वपूर्ण रहेको छ ।

    images

    दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र थ्री स्टारबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

    मनाङ ९ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । उपाधि होड कायम राख्न मनाङ थ्री स्टारलाई हराउन चाहन्छ । थ्री स्टार १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । थ्री स्टार पनि मनाङलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।

    यस्तै सातदोबाटोस्थित एन्फा कप्लेक्समा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र सातदोबाटोबीचको खेल १ बजे सुरु हुनेछ । पुलिस १० अंक जोडेर दशौँ स्थानमा रहेको छ । सातदोबाटो १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।