आइतबार, भाद्र २८ गते २०८३
images

बिमल र सुनिलको गोलमा च्यासलमाथि मछिन्द्रको जित

एक्सप्रेस पाना
माघ २९, २०७८ शनिबार
  • 463
    SHARES
  • बिमल र सुनिलको गोलमा च्यासलमाथि मछिन्द्रको जित

    माघ २९ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ मा आज भएको पहिलो खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ ।

    images

    शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले च्यासल युथ क्लबमाथि २-० गोलको सहज जित निकालेको हो ।

    मछिन्द्रको जितमा बिमल घर्ती मगर र सुनिल बलले १/१ गोल गरे । उक्त दुबै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

    images

    खेलको सुरुवातबाट नै आक्रामक खेल खेलेको लिगको उपाधि होडमा रहेको मच्छिन्द्रले १७ औं मिनेटमा अग्रता लिन सफल भयो । उसका लागि बिमल घर्तिमगरले उत्कृष्ट फिनिस गरे । 

    त्यसपछि ३५ औं मिनेटमा मच्छिन्द्रले खेलमा दुई शुन्यको अग्रता बनायो । उसका लागि सुनील बलले उत्कृष्ट गोल गरे । उनले बिमल घर्तिमगरको पासमा डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्न सफल भए । 

    खेलको ६५ औं मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिष डाँगी मैदानमा लडेर अचेत हुँदा केहि तनावपुर्णृ भएको थियो । 

    उक्त जितसँगै साविकको विजेता मछिन्द्रले उपाधि यात्रा बलियो बनाएको छ । उसको १० खेलमा २६ अंकसहित शीर्ष स्थानमा यथावत् रहेको छ । यता पराजित च्यासलको भने समान १० खेलबाट ५ अंकसहित रेलिगेसनको जोगिममा रहेको छ । ऊ अंक तालिकाको पुछारमा रहेको छ ।