आइतबार, भाद्र २८ गते २०८३
images

पुलिसलाई हराउँदै सातदोबाटो पाँचौँ स्थानमा उक्लियो

एक्सप्रेस पाना
माघ २९, २०७८ शनिबार
  • 375
    SHARES
  • पुलिसलाई हराउँदै सातदोबाटो पाँचौँ स्थानमा उक्लियो

    माघ २९ काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० अन्तरले पराजित गर्दै नवप्रवेशी सातदोबाटो युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ स्थानमा उक्लिएको छ । 

    images

    लिगमा १० खेल खेलेको सातदोबाटोले चार खेलमा जित, तीन बराबर र तीन हारको नतिजा निकालेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा शनिवार सम्पन्न खेलमा सातदोबाटोका आकाश बुढामगरले निर्णायक गोल गरे । आकाशले १९औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सहजै पोस्टको दिशा दिएका थिए ।

    लिगमा १० अंक जोडेको पुलिस तालिकाको १०औँ स्थानमा छ । पुलिसले १० खेलमध्ये दुईमा जित चारमा बराबर र चारमा हारको नतिजा आत्मसाथ गरेको छ ।

    images

    आजै दशरथ रंगशालामा भएको खेलमा लिग लिडर मछिन्द्र क्लबले तालिकाको पुछारमा रहेको च्यासल युथ क्लबलाई २-० ले पराजित गरेको थियो ।