आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : युनाइटेड फेरि बराबरीमा रोकियो

एक्सप्रेस पाना
माघ २९, २०७८ शनिबार
  • 537
    SHARES
  • प्रिमियर लिग : युनाइटेड फेरि बराबरीमा रोकियो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल म्यान्चेस्टर युनाइटेड फेरि बराबरीमा रोकिएको हो ।

    images

    शनिबार राति घरेलु मैदानमा सम्पन्न भएको भएको जारी सिजनको २४औं साताको खेलमा साउथ ह्याम्टनसँग १-१ गोलको बराबरी बराबरीमा रोकिएको हो ।

    खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । खेलको २२औं मिनेटमा युनाइटेडका लागि जोर्डन सान्चोले गोल गरि पहिलो हाफ भरि १-० गोलको अग्रता दिलाएका थिए ।

    images

    तर दोस्रो हाफको खेलको ४९औं मिनेटमा ह्याम्टनको लागि चे एडम्सले गोल गरि खेल १-१ गोलको बराबरी अवस्था फर्काएका थिए । त्यसपछि बाँकी थप गोल नहुँदा युनाइटेड अंक बाँडन बाध्य भयो । यो सँगै युनाइटेडले लगातार दोस्रो खेल बराबरीमा रोकिएको हो । यस अघि युनाइटेड बर्नली सँग पनि १-१ गोलको बराबरीमा रोकिएको थियो । त्यस्तै यता युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो लगातार ६ खेलमा गोलबिहीन बनेका छन् ।

    उक्त बराबरीसँगै युनाइटेडले २४ खेलबाट ४० अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ । यता साउथको भने समान खेलबाट २४ खेलबाट २९ अंकका साथ १०औं स्थानमा रहेको छ ।