एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानमा रहेको बायर्न म्युनिख बकहमसंग ४-२ अन्तरले पराजित भएको छ ।
शनिबार राती भएको खेलमा पाहुना टोली बायर्नले सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो । बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोया र होल्टम्यानले १/१ गोल गरे । यता बायर्नका लागि रोबर्ट लेवान्डोस्किले २ गोल फर्काए ।
पहिलो हाफमै ४-१ गोलको अग्रता बनाएको घरेलु टोली बकहमको दोस्रो थप गोल भने गर्न सकेन । उक्त यस हारसँगै शीर्ष स्थानको बायर्न २२ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । विजयी बकहम भने २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।


