एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सी पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको च्याम्पियन बनेको छ ।
शनिबार राति भएको फाइनल खेलमा ब्राजिलियन क्लब पाल्मीरासलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो ।
चेल्सीको जितमा रोमेरो लुकाकु र काई हावर्ट्जले समान १/१ गोल गरे । यता पाल्मीरासका लागि राफेल भिगाले एक गोल गरे ।
निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा लुकाकुले गोल गरि १-० गोलको अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६५औं मिनेटमा पाल्मीरासको लागि राफेलले गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा पुर्याए ।
त्यस्तै खेलको निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी अबस्थामा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ११५औं चेल्सी पेनाल्टीको अवसर पायो । उसका लागि काई हावर्ट्जले गोल गरि उपाधि दिलाए ।
यो सँगै चेल्सीले फिफा क्लब विश्वकपको उपाधि पहिलो पटक जितेको छ ।


