फागुन १ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आज दशौं चरणको अन्तिम २ खेलहरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी जारी सिजन ९ खेलमा १३ अंक जोडेर लिगको सातौं स्थान रहेको छ ।
आजको अेलमा शेर्पालाई हराएर एनआरटी शीर्ष पाँचमा उक्लन चाहन्छ । शेर्पाको भने समान ९ खेलबाट ११ अंकसहित आठौं स्थानमा रहेको छ । शेर्पा पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
दशरथ रंगशालामै हुने दिनको दोस्रो खेलमा विभागिय टोली सशस्त्त प्रहरी बलको एपीएफ फुटबल क्लब र काठमाडौंको संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र संकटाबीचको खेल ४स्४५ बजे सुरु हुनेछ ।
एपीएफ ९ खेल १० अंक जोडेर नवौं स्थानमा रहेको छ । संकटालाई हराएर एपीएफ अंक तालिका सुधार गर्ने योजनामा रहेको छ । संकटा ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । आज संकटा एपीएफलाई स्तब्ध बनाउदै शीर्ष पाँच भित्र उक्लन चाहन्छ ।


