फागुन १ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत १०औं चरणको खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब गोलरहित बराबरी खेल्दै अंक बाढेका छन् ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा गोलरहित बराबरी खेल्दै दुवै टोलीले ११ अंक बाँडेका हुन् । खेलमा एनआरटीको तुलनामा शेर्पाले आक्रमणमा दबाब बढाएको थियो । तर फिनिसिङमा भने शेर्पा चुक्न पुग्यो । उक्त बराबरीसँगै एनआरटी १० खेलमा १४ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । समान अंक भएपछि गोलअन्तरका आधारमा संकटा तल झर्यो ।

हिमालयन शेर्पा समान खेलबाट १२ अंकसहित आठौं स्थानमा छ । जारी लिगमा १० खेलबाट २६ अंक बनाएको मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबभन्दा ६ अंकले अगाडि रहँदै उपाधि नजिक रहेको छ ।
यस्तै रेलिगेसन जोनमा भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) छन् ।


