आइतबार, भाद्र २८ गते २०८३
images

चार देशीय टि२० : यूएईको लगातार दोस्रो जित

एक्सप्रेस पाना
फाल्गुण १, २०७८ आइतबार
  • 414
    SHARES
  • चार देशीय टि२० : यूएईको लगातार दोस्रो जित

    फागुन १ काठमाडौं । चार देशीय टि२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा संयुक्त अरब इमिरेटस् (यूएई)ले लगातार दोस्रो जित हात पारेको छ । 

    images

    आइतबार मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा यूएईले आयरल्यान्डलाई १३ रनले पराजित गरेको हो । १७८ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६५ रनमा समेटियो । आयरल्यान्डका कप्तान एन्डे बालबेर्नीले ४२, गारेथ डानिले र कर्टिस जाम्परले समान ४० रनको योगदान गरे ।

    यसअघि यूएईले टस हारेर ब्याटिङ गर्दै  निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७८ रनको योगफल तयार पारेको थियो । यूएईका रोहन मुस्तफाको ५४ र अरभिन्दको ५० रन बनाए । यूएईले पहिलो खेलमा शनिबार नेपाललाई २५ रनले पराजित गरेको थियो । 

    images

    यूएईको दुई खेलमा चार अंक छ भने दोस्रो स्थानको आयरल्यान्ड र तेस्रो स्थानको नेपाललको समान दुई अंक छ । दुवै खेल गुमाएको ओमान चौथो स्थानमा छ ।