फागुन १ काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा तीन टिम थपिएका छन् ।
स्रोत अनुसार तीन क्षेत्रबाट आगामी सिजनका लागि तीन टोली छनोट गरिएको हो । पूर्वबाट स्पोर्टिन इलाम मेची र झापा एफसी तथा तराईबाट वीरगन्ज युनाइटेड थपिएको स्रोतले जनाएको छ ।
आगामी संस्करण २६ चैतबाट सुरुहुँदैछ । यस पटक नेपाल स्पोर्टस् म्यानेजमेन्ट कम्पनीले प्रतियोगिता पोखरा र काठमाडौंमा गर्ने योजना बनाएको छ ।
गत सिजन भएको एनएसएलमा सात टोली रहेका थिए । विराटनगर सिटी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफस, पोखरा थण्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी रहेका थिए ।


