फागुन १ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत १०औं चरणको अन्तिम खेलमा काठमाडौंको संकटा फुटबल क्लब र विभागिय टोली एपीएफले बराबरीमा रोकिएका छन् ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा एपीएफ र संकटा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
उक्त बराबरी सँगै संकटाले १० खेलबाट १५ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । यता एपीएफको भने समान १० खेलबाट ११ अंकसहित नौं स्थानमा रहेको छ ।


