सोमबार, कार्तिक १७ गते २०८३
images
images

ला लिगा : डि जङको गोलमा बार्सिलोना हारबाट जोगियो

एक्सप्रेस पाना
फाल्गुण २, २०७८ सोमबार
  • 882
    SHARES
  • ला लिगा : डि जङको गोलमा बार्सिलोना हारबाट जोगियो

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा खेलको इन्जुरी समयमा लुक डि जङको गोलसंगै आइतबार राति भएको खेलमा बार्सिलोनाले हार टारेको छ । अन्तिम समयमा लुकको गोलसंगै बार्सिलोनाले स्पान्योलसंगै २-२ गोलको बराबरी खेल्दै अंक बाढेको हो ।

    images

    खेलमा दुबै टोली १० खेलाडीमा सिमित भएका थिए । खेल सुरु हुनु अघिनै स्पान्योलमा म्यानुएलले रातो कार्ड सामना गरे भने इन्जुरी समयमा निकोलासले अर्को रातो कार्ड भेटे । बार्सिलोना जेरार्ड पिकेले रातो कार्डको सामना गरे ।

    खेलमा पाहुना टोली बार्सिलोनाले सुरुवाती अग्रता बनायो । दोस्रो मिनेटमै पेड्रीले जोर्ड गोल गरे । त्यस्तै सर्जि डारडरले ४०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । राहुल थोमसले ६४औं मिनेटमा गोल गर्दा घरेलु टोली २-१ ले अगाडि बढ्यो । तर लुकले इन्जुरी समयको छैटौं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए ।

    images

    उक्त बराबरी रोकिएसंगै २३ खेलबाट ३९ अंक सहित बार्सिलोना चौथो स्थानमा छ । २४ खेलबाट २८ अंक सहित स्पान्योल १३औं स्थानमा छ । जारी ला लिगामा ५४ अंक सहित रियल मड्रिड शीर्ष स्थानमा छ ।