एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र उल्भस विजयी भएका छन् ।
आइतबार राति सम्पन्न खेलमा लिभरपुललले घरेलु टोली बर्नलीबिरुद्द १-० को जित र उल्भ्सले टोटनहमाथि २-० गोलको सहज जित निकालेको हो । पाहुना टोली लिभरपुलको जितमा फाबिन्होको निर्णायक गोल गरे ।
उक्त जितसंगै लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछि लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ । यता पराजित बर्नली २१ खेलबाट १४ अंक सहित तालिकाको तालिकाको पुछारमा छ ।
गएराति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले पराजित गरेेकाे हाे ।


