फागुन १ झापा । झापा जिल्लाको भद्रपुर नगरपालिका ६ स्थित नयाँबस्ती ईलाकाबाट फागुन १ गते सशस्त्र प्रहरीले एक नाल कटुवा पेस्तोलसहित सोही ठाउँ बस्ने २४ वर्षिय मुगा माझीलाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले निज माझीको घरमा खानतलासी गर्दा घरको बरण्डामा झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारेको हो । पक्राउ परेका माझीलाई बरामद कटुवा पेस्तोलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा काठ बरामद
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका ५ नौरङ्गीयाघाट स्थित एक खोलाको बगरबाट फागुन १ गते सशस्त्र प्रहरीले करीव १ लाख ५७ हजार रुपैयाँ बराबरको सिसौको गोलिया काठ बरामद गरेको छ । उक्त बगरमा परालले छोपी लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको ४५ क्यूफिट सिसौको गोलिका काठ सशस्त्र प्रहरी बल नेपाल बिओपी विजयनगरबाट
खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागूऔषध बरामद
सर्लाही जिल्लाको बरहथवा नगरपालिका १७ स्थित श्रीपुर टेकानी ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले ४० वटा प्याकेटमा रहेको (१२ हजार वटा) नाईट्राभेट ट्याब्लेट बरामद गरेको छ ।
ना ५५ प ९२८ नम्बरको पल्सर मोटरसाईकलमा सवार व्यक्ति त्यसवेला सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सुन्दरपुरबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि सो मोटरसाईकलमा राखिएको बोराभित्र जाँच गर्दा उक्त लागूऔषध फेला पारिएको हो । उक्त लागूऔषध ल्याउन प्रयोग भएको सो मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद लागूऔषध तथा मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको छ ।
.jpg)


