आइतबार, भाद्र २८ गते २०८३
images

चारदेशीय टि२० : नेपालले टेस्ट मान्यता प्राप्त आयरल्याण्डसँग खेल्दै, नेपालले आयरल्याण्डलाई हराउँला त ?

एक्सप्रेस पाना
फाल्गुण २, २०७८ सोमबार
  • 619
    SHARES
  • चारदेशीय टि२० : नेपालले टेस्ट मान्यता प्राप्त आयरल्याण्डसँग खेल्दै, नेपालले आयरल्याण्डलाई हराउँला त ?

    फागुन २ काठमाडौं । ओमानमा जारी चारदेशीय टि२० सिरिज अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा आयरल्याण्डसॅंग प्रतिस्पर्धा गर्दैछ ।

    images

    नेपालले सिरिजको अन्तिम खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्रसॅंग खेल्न लागेको हो । अल अमरेट क्रिकेट मैदानमा हुने नेपाल र आयरल्याण्ड बिचको खेल नेपाली समयअनुसार आज दिेउँसो ३स्४५ बजेबाट सुरु हुनेछ ।

    नेपाल आयरल्याण्डलाई हराउँदै सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ । यदि नेपालले यस खेलमा आयरल्याण्डलाई पराजित गर्न सके यो नेपालका लागि ऐतिहासिक उपलब्धि हुनेछ । नेपालले हालसम्म टेस्ट मान्यता प्राप्त राष्ट्रलाई कुनै पनि फर्म्याटमा पराजित गर्न सकेको छैन ।

    images

    पहिलो खेल नेपालले ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा युएईसॅंग २५ रनले पराजित भएको थियो।

    आयरल्याण्डसॅंगको पछिल्लो दुई भेटमा भने नेपालले दुई खेलमा नै हार व्यहोरेको छ । आज पनि बलियो टोलीविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन। आईसीसी पुरुष टि२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको हो ।