सोमबार, कार्तिक १७ गते २०८३
images
images

किम जोङ इलको जन्म दिनमा फूल नफुलेपछि दुई मालीलाई कारबाही

एक्सप्रेस पाना
फाल्गुण २, २०७८ सोमबार
  • 685
    SHARES
  • किम जोङ इलको जन्म दिनमा फूल नफुलेपछि दुई मालीलाई कारबाही

    एजेन्सी । उत्तर कोरियाका तत्कालिन तानाशाह किम जोङ इलको जन्म दिनको पूर्वसन्ध्यामा उनको नाममा राखिएको एउटा फूल नफुलेको भन्दै दुई जना मालीलाई सजाय दिइएको छ । किम जोङ इलको नाममा राखिएको रातो फूल किमजोङइला नफक्रिएको भन्दै उनीहरुलाई ६ महिना श्रम शिविरमा पठाइएको हो । 

    images

    उत्तर कोरियाले हरेक १६ फेब्रुवरीमा इलको जन्म दिन मनाउँछ । यस दिनलाई उत्तर कोरियामा डे अफ साइनिङ स्टारसमेत भनिन्छ । र, यसलाई देशकै सबैभन्दा ठूलो पर्वको रुपमा प्रचार गरिन्छ । 

    परम्परागत रुपमा उत्तर कोरियाली सहरका सडकहरुमा इलको जन्म दिन अगाडि रातो फूलले सजाइन्छ । तर, यो वर्ष किमजोङइला इल फूल हुर्काउन ग्रीनहाउसमा उचित तापक्रम र आद्रता मिलाउन नसकेको मालीमाथि आरोप छ । उत्तरी प्रान्त रयाङग्याङको सामसु कन्ट्रीस्थित एउटा फार्मका प्रबन्धक पक्राउ परेका छन् ।

    images