आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : रेलिगेशन जोनका चार टोली प्रतिस्पर्धामा

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 669
    SHARES
  • ए डिभिजन लिग : रेलिगेशन जोनका चार टोली प्रतिस्पर्धामा

    फागुन ३ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको एघारौं चरण आजबाट सुरु हुँदैछ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विकेन्ड लिग बताए पनि त्यसलाई पूर्ण रुप नदिँदै हप्ताभर लिगका खेल आयोजना गर्न लागेको हो । 

    images

    यसअघि लिग चरणका खेल शुक्रबार सुरु भएर सोमबार सकिने र तीन दिन विश्राम समय दिएको थियो । अब भने त्यस्तो रहेन ।

    मंगलबार दुई खेल हुँदैछन् । दुई खेलका चार टोली नै हाल रेलिगेशन ब्याटलमा छन् । चारै क्लबको दाउ कम्तिमा रेलिगेशनबाट बच्नु रहनेछ । खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुनेछ । 

    images

    दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३ औं स्थानमा छ । ५ अंक जोडेर च्यासल पुछारमा छ ।

    एन्फा कम्प्लेक्समा सोही समय जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच भिडन्त हुनेछ । जावलाखेल ९ अंक सहित ११औं स्थान र फ्रेण्ड्स ६ अंकसहित १२ औं स्थानमा छ ।