आइतबार, भाद्र २८ गते २०८३
images

च्याम्पियन्स लिग : रियल र पीएसजीबीच महाभिड्न्त, कस्ले मार्ला बाजि ?

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 940
    SHARES
  • च्याम्पियन्स लिग : रियल र पीएसजीबीच महाभिड्न्त, कस्ले मार्ला बाजि ?

    एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग २०२१/२२ अन्तर्गत आज राति रोमाञ्चक खेलहरु हुँदैछ । 

    images

    आजबाट सुरु हुने अन्तिम १६ को पहिलो खेलमा उपाधिको मुख्य दाबेदार टोली तथा सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिड र फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्टर जर्मन (पीएसजी)बीच महाभिड्न्त हुँदैछ ।

    नेपाली समयअनुसार आज राति १:४५ बजेबाट सुरु हुनेछ । रियल र पीएसजीको खेल पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुनेछ । आज हुने अन्तिम १६ को पहिलो चरणको खेलमा पाहुना टोली रियल घरेलु टोली पीएसजीमाथि जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउने योजनामा रहेको छ ।

    images

    पीएसजीविरुद्ध रियल आफ्नो स्टार खेलाडी उतार्ने दाउमा रहेको छ । यद्यपि कप्तानसमेत रहेका करिम बेन्जेमा र लेफ्ट ब्याक मेन्डीले चोट बोकेका कारण खेल खेल्ने या नखेल्नेमा निधो छैन । बेन्जेमाले यस सिजन क्लबका सबै खेलमा २४ गोल गरिसकेका छन् । 

    रियल आफ्ना पूर्व कप्तान सर्जियो रामोसविरुद्ध जित निकाल्ने योजनामा छ । युवा खेलाडी र अनुभवी खेलाडीको सम्मिश्रण रहेको दुबै टोलीको भिडन्तलाई युरोपेली क्लब महारथीको प्रतिस्पर्धाको रुपमा लिइएको छ । 

    यता घरेलु टोली पीएसजी पनि पाहुना टोली रियलमाथि जित निकाल्दै महत्वपूर्ण तीन अंक जोड्दै क्वाटरफाइनलको ढोका सहज बनाउन चाहन्छ । घरेलु मैदानमा पीएसजी आफ्ना ब्राजिलियन फरवार्ड नेयमार फर्कनेमा विश्वस्त छ । गत नोभेम्बरमा याङ्कलको चोट बोकेपछि नेयमारले पहिलो पटक खेल्न सक्नेछन् । यस्तै रियलका पूर्व कप्तान तथा सेन्टर डिफेन्डर रोमास भने खेल्नेमा शंका छ । उनी काल्फ चोटको समस्यामा छन् । 

    गत सिजन इंग्लिस क्लब म्यानचेष्टर सिटीसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको पीएसजी यस पटक अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीको आगमनसँगै अग्रपंक्तिमा झनै बलियो देखिएको छ । उनलाई फ्रान्सका अर्का अट्याकर केलियन एम्बाप्पेले सहयोग गर्नेछन् ।

    यस्तै अर्को खेलमा पोर्चुगिज फुटबल क्लब स्पोटिङ सिपि र इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यान्चेष्टर सिटीबीच हुनेछ । यो खेल पनि १:४५ बजेबाट स्पोटिङ र सिटीको खेल स्पोटिङको घरेलु मैदान जोसे अल्भालाडे स्टेडियम हुनेछ । 

    Sporting Lisbon vs Manchester City Champions League: Live streaming, SLI vs  MCI Dream11, time & where to watch