आइतबार, भाद्र २८ गते २०८३
images

च्यासल र बीबीसी बराबरीमा रोकिदाँ दुबै टोलीलाई घाटा

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 638
    SHARES
  • च्यासल र बीबीसी बराबरीमा रोकिदाँ दुबै टोलीलाई घाटा

    फागुन ३ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत ११औं चरणको पहिलो खेलमा च्यासल युथ क्लब र ब्रिगेट ब्वाइज बीबीसी गोल रहित बराबरीमा रोकिएका छन् । 

    images

    मंगलबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा निधारित ९० मिनेटको खेलमा दुबै टोलीले केहि राम्रो अवसर सिर्जना गरेता पनि गोल भने गर्ने सकेनन् । र दुबै टोलीले १/१ अंक बाँडे । उक्त बराबरी सँगै दुबै टोलीको रेलिगेसन जोनको खतरा भने टरेको छैन् । 

    No description available.

    images

    च्यासल ६ अंकसहित पुछारमा छ । बीबीसी भने एक स्थान माथि उक्लिएको छ । उसको ११ खेलबाट सात अंक छ । 

    च्यासलका राजिव लोप्चाङ र विकास मेराग्लिया गोल गर्नबाट चुकेका थिए । यता, बीबीसीका भुवन बस्नेत, शिशिर लेखी, रोशन राना मगर गोल गर्नबाट टाढा रहे । 

    यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्सलाई ३-३ गोल अन्तरको बराबरी खेल्दै अंक बाँडे ।