नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदल बैठक सकारात्मक ढंगले अघि बढेको छ।
पार्टी भित्र देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु आज सिंहदरबारमा छलफलमा जुटेका थिए।
बैठक सकारात्मक भएको कार्यदलका सदस्यले बताए।
तीन दिनयता पार्टी मिलाउन कार्यदलमा छलफल हुँदै आएकोमा नतिजा सकारात्मक बन्दै गएको बताइएको हो ।
बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त, भिम आचार्य लगायत तथा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।
.jpg)


