फागुन ३ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत ११औं चरणको दोस्रो खेलमा दुई सहरी प्रतिद्वन्द्वी जावलाखेलविरुद्ध ३-० गोले पछि परेको अबस्थनमा ३ गोल गर्दै फ्रेन्ड्स क्लबले रोमाञ्चक बराबरी गरेको छ ।
यता अग्रता जोगाउन नसक्दा जावलाखेल युथ क्लबले रेलिगेशनबाट दबाबमुक्त हुने अवसर गुमाएको छ ।
रेलिगेसन ब्याटल बराबरीसँग जावलाखेलले ११ खेलबाट १० अंक ११औँ स्थानमा रह्यो । यता, फ्रेन्ड्स भने सात अंकसहित १३औँ स्थानमा झरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले पहिलो हाफमै ३ गोल गरेको थियो । जावलाखेलका लागि लोइक एमजीमी कोउआहिमले २ गोल गर्दा रुपबहादुर लामाले १ गोल गरे ।
फ्रेन्ड्सका कप्तान नाथनियल जड गार्सियाले १ गोल गर्दा जमोउल एन्थोनी फ्रान्कोइसले २ गोल गरे ।
जारी लिगमा १० खेलबाट २६ अंकसहित मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । लिगका पुछारका दुई क्लब भने दोस्रो डिभिजनमा घटुवा हुनेछ ।


