एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा जारी सिजनका पछिल्लो खेलमा निराशाजनक प्रदर्शन गरेको म्यान्चेस्टर युनाइटेडले आज राति ब्राइटनको सामना गर्दैछ ।
नेपाली समयअनुसार यी दुई टोलीबीचको खेल आज राति २ बजेबाट युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । आजको खेलमा घरेलु टोली पछिल्लो २ खेलमा गरेको निराशाजनक बराबरीलाई भुल्दै सहज जितको खोजिमा रहेको छ । भने यता पाहुना टोली ब्राइटन घरेलु टोलीमाथि दबाब दिन चाहन्छ ।
जारी सिजन २४ खेलबाट ४० अंक बनाएको युनाइटेड पाँचौं स्थानमा रहेको छ । आजको खेलमा जित निकाल्न सके ऊ तालिकाको चौथो स्थानमा उक्लनेछ । यता ब्राइटनको भने २३ खेलबाट ३३ अंकसहित ९औं स्थानमा रहेको छ ।
यस्तै आजको खेलमा युनाइटेडका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो पछिल्लो ६ खेलमा गोलको खडेरी लागेका उनी आजको खेलमा उक्त खडेरी तोड्दै टोलीलाई जित दिलाउन दाउमा रहेका छन् । रोनाल्डोले जारी सिजन युनाइटेडका लागि कुल २६ खेलमा १४ गोल र ३ गोलका लागि पास उपलब्ध गराएका छन् । उनले प्रिमियर लिग अन्तर्गत बर्नलीविरुद्ध युनाइटेड ३-१ गोलले विजयी हुँदा एक गोल र एक अस्सिट गरे यता गोलविहिन रहेका छन् ।
रोनाल्डोले जारी सिजन प्रिमियर लिगमा २० खेलमा ८ गोल र ३ गोलका लागि पास उपलब्ध गराएका छन् । उनी २०२१ अगष्ट ३१ मा इटालियन सिरी ए फुटबल क्लब युभेन्ट्सबाट युनाइटेडमा आएका हुन् ।


