आइतबार, भाद्र २८ गते २०८३
images

टि२० विश्वकप छनोट खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा, को-को परे ?

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 402
    SHARES
  • टि२० विश्वकप छनोट खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा, को-को परे ?

    फागुन ३ काठमाडौं । आइसीसी टि२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । 

    images

    टोलीमा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।विश्वकप छनोट खेल्ने नेपाली टोली यसप्रकार रहेको छ ।

    सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, जितेन्द्र मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा रहेका छन् ।

    images

    टोलीमा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन्। केसी चोटका कारण टिमबाट बाहिरिएका हुन् ।

    टि२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन् । फागुन ६ गते ओमान, ७ गते फिलिपिन्स र ९ गते क्यानडासँग खेल्ने छ ।