आइतबार, भाद्र २८ गते २०८३
images

रोनाल्डो र ब्रुनोको गोलमा युनाइटेडको जित, उक्लियो चौथो स्थानमा

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 1.0K
    SHARES
  • रोनाल्डो र ब्रुनोको गोलमा युनाइटेडको जित, उक्लियो चौथो स्थानमा

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल म्यान्चेस्टर युनाइटेडले जारीको लिगमा १२औं जित निकालेको छ ।

    images

    बुधबार बिहान सम्पन्न भएको २५औं साताको खेलमा घरेलु टोली युनाइटेडले पाहुना टोली ब्राइटनमाथि २-० गोलको रोमाञ्चक जित निकालेको हो । युनाइटेडको जितमा पोर्चुगिज द्वय क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेसले १/१ गोल गरे ।

    निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१औं मिनेटमा युनाइटेडका लागि भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले सानदार गोल गरि युनाइटेड १-० गोलको सुरुवाती अग्रता दिलाए ।

    images

    त्यस्तै अतिरिक्त समयको अन्तिम मिनेटमा युनाइटेडका लागि ब्रुनो फर्नान्डेसले गोल गरि खेलमा २-० गोलको महत्त्वपूर्ण जित दिलाए ।त्यसअघि ब्राइटन खेलको ५६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियोे । उसका लागि लुईस डंकले तारो कार्ड ब्यहोरेका थिए ।

    उक्त खेलमा १ गोल गरेसँगै युनाइटेडका भेट्रान फरवार्ड रोनाल्डो पछिल्लो ६ खेलमा लागेको गोलको खडेरी तोडेका छन् ।

    यस जितसँगै युनाइटेड जारी सिजन २५ खेलबाट ४३ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिए छ । यता पराजित ब्राइटन भने २४ खेलबाट ३३ अंकका साथ नौं स्थानमा यथावत् रहेको छ ।