आइतबार, भाद्र २८ गते २०८३
images

च्याम्पियन्स लिग : रियलमाथि पीएसजीको जित, मेस्सीको पेनाल्टी मिस

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 864
    SHARES
  • च्याम्पियन्स लिग : रियलमाथि पीएसजीको जित, मेस्सीको पेनाल्टी मिस

    एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजी विजयी भएको छ ।

    images

    बुधबार बिहान सम्पन्न भएको अन्तिम १६ को पहिलो लेगको खेलमा उपाधिको मुख्य दाबेदार टोली तथा सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडलाई १-० गोलले स्तब्ध परेको हो ।

    घरेलु टोली पीएसजीक‍ो जितमा केलियन एमबाप्पेले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सव्सिच्युट खेलाडी नेयमारको पासमा एमबाप्पेले गोल गर्दै पीएसजी पहिलो लेगमा १-० गोलको जित दिलाए ।

    images

    त्यसअघि खेलको ६२औं मिनेटमा पीएसजीले पेनाल्टीको अवसर पाएको थियो । जसमा अर्जेन्टिनी कप्तान लियोन मेस्सी चुकेका थियो । उनले प्रहार गरेको पेनाल्टी रियलका गोलरक्षकले बचाएका हुन् ।

    उक्त पहिलो लेगमा पाएको जितसँगै पीएसजीलाई क्वाटरफाइनल पुग्न केही सहज भएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके पिएसजीले अन्तिम आठको यात्रा तय गर्नेछ । तर दोस्रो लेगमा घरेलु टोली रियलमाथि यस अग्रता जोगाउन भने पीएसजीलाई निकै कठिन हुनेछ । दोस्रो लेग रियलको मैदानमा ९ मार्चका दिन हुनेछ ।

    यस्तै अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपिमाथि उसैको मैदानमा ५-० गोलको फराकिलो जित निकाल्दै प्रिमियर लिग फुटबल क्लब म्यान्चेस्टर सिटी अघिल्लो चरण प्रवेश नजिक पुगेको छ ।