एजेन्सी । फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्टर जर्मन पीएसजीका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने थियरी हेनरीको कीर्तिमानलाई बराबरी गरेका छन् ।
बुधबार बिहान सम्पन्न च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडविरुद्ध उनले खेलको ६२औं मिनेटमा पेनाल्टी प्रहार गरेका थिए । उक्त पेनाल्टी रियलका गोलरक्षक थिबाउट कोर्टुवाले सेभ गरेका थिए ।
उक्त पेनाल्टी मिससँगै मेस्सीले च्याम्पियन्स लिगमा २३ मध्ये ५ पेनाल्टीमा गोल गर्नबाट चुकेका छन् ।
युरोपियन हेवीवेटहरू बीचको पहिलो लेगको खेलको लागि, मेस्सीले प्रहार गरेको पेनाल्टी बाहिरिदा गोल गर्ने मौकाे सदुपयोग गर्न सकेनन् । पीएसजीको घरेलु मैदान खेल ०-० को अबस्थामा मेस्सीले पेनाल्टी प्रहार गरेका थिए ।
गोलरहित बराबरीमा सकिएको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सव्सिच्युट खेलाडी नेयमारको पासमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजी पहिलो लेगमा १-० गोलको जित दिलाएका थिए ।
मेस्सीले पीएसजीबाट आफ्नो डेब्यू सिजनका सुरुवाती खेलमा गोलको लागि निकै संघर्ष गर्नु परेको थियोे । यद्यपि हालसालै उनले आफ्नो पछिल्ला ४ खेलहरूमा ४ गोलको संलग्नता रहेको पाएका छन् । उनले जारी सिजन पीएसजीबाट कुल २० खेलमा ७ गोल गरेका छन् । २०२१ अगष्ट स्पेनिस ला लिगा फुटबल क्लब बार्सीलोनाबाट करिब १८ बर्ष लामो बसाइँ बिट मार्दै पीएसजी आएका हुन् ।


