आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : आज तीन खेल हुँदै, मछिन्द्रलाई सातदोबाटोको चुनौती

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 350
    SHARES
  • ए डिभिजन लिग : आज तीन खेल हुँदै, मछिन्द्रलाई सातदोबाटोको चुनौती

    फागुन ४ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् ।

    images

    लिगको ११औं चरण अन्तर्गत आज दशरथ रंगशाला दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा साविकको विजेता मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । त्यस्तै सोही समयमा एन्फा कम्प्लेक्समा विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

    images

    यता दशरथ रंगशालामा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल ४:४५ बजे सुरु हुनेछ ।

    जारी लिगमा मछिन्द्र १० खेलबाट २६ अंक जोडेर शीर्ष स्थानमा रहेको । यदि उसले आजको खेलमा जित निकाल्न सकेको खण्ड ऊ २ खेल अगावै लिग च्याम्पियन बन्नेछ । तर पराजित भएको वा बराबरी भएको खण्डमा अर्को खेल कुर्नुपर्ने छ । मनाङ २० अंकका साथ दोस्रो , आर्मी १८ अंकका साथ तेस्रो , थ्रीस्टार १७ अंकका साथ चौथो र १५ अंकका साथ सातदोबाटो छैटौं स्थानमा रहेको छ ।