आइतबार, भाद्र २८ गते २०८३
images

च्याम्मियन्स लिग : फराकिलो जितसँगै म्यानचेस्टर सिटी क्वाटरफाइनल नजिक

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 276
    SHARES
  • च्याम्मियन्स लिग : फराकिलो जितसँगै म्यानचेस्टर सिटी क्वाटरफाइनल नजिक

    एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा पोर्चुगलको स्पोर्टिङ सीपीविरूद्धको ५-० अन्तरको जितसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी क्वाटरफाइनल नजिक रहेको छ । 

    images

    बुधबार बिहान भएको पहिलो लेगको नतिजासँगै सिटी प्रि क्वाटर फाइनलमा सहज जिततर्फ उन्मुख भएको छ । सिटीको जितमा बर्नाण्डो सिल्भाले २ तथा रियाद मेहराज, फिल फोडेन र रहिम स्टर्लिङले १/१ गोल गरे ।

    सुरुवाती मिनेटबाटै अट्याकिङ खेल खेलेको सिटीले सातौं मिनेटमै अग्रता बनाएको थियो । उसले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा १ गोल गरेको हो । अब दोस्रो लेग १० मेमा सिटीको घरेलु मैदान इतिहाद रंगशालामा हुनेछ  ।

    images