आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : दुई खेल अघिनै मछिन्द्रलाई उपाधि

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 702
    SHARES
  • ए डिभिजन लिग : दुई खेल अघिनै मछिन्द्रलाई उपाधि

    फागुन ४ काठमाडौं । सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ को उपाधि जितेको छ । 

    images

    बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ११औं चरणको खेलमा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । उनले खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल गरेका हुन् ।

    No description available.

    images

    उक्त जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा ९ अंकले अघि रहेको छ । मनाङको २० अंक रहेको छ । सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको छ । सातदोबाटो छैटौँ स्थानमा रहेको छ ।