आइतबार, भाद्र २८ गते २०८३
images

अग्रता जोगाउन नसक्दा आर्मी शेर्पासँग रोकियो, गोलकिपर विकेश कुथुलाई रातो कार्ड

एक्सप्रेस पाना
फाल्गुण ४, २०७८ बुधबार
  • 1.3K
    SHARES
  • अग्रता जोगाउन नसक्दा आर्मी शेर्पासँग रोकियो, गोलकिपर विकेश कुथुलाई रातो कार्ड

    फागुन ४ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत ११औं चरणको खेलमा हिमालयन शेर्पा क्लबसँग १-१ को बराबरी रोकिएसँगै विभागिय टोली त्रिभुवन आर्मी क्लबले अंक बाढेको छ । 

    images

    बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा १० खेलाडीमा समेटिएको आर्मी सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।

    खेलको २६औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६५औं मिनेटमा मुताम्बा पिस्टोनले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याए । 

    images

    यस्तै आर्मीका गोलकिपर विकेश कुथुले इन्जुरी समयमा रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा सिमित भयो । उक्त बराबरीसँगै आर्मीले ११ खेलमा १९ अंक जोडेको छ । आर्मी लिगको तेस्रो स्थानमा छ । हिमालयनले ११ खेलमा १३ अंक जोडेको छ ।

    यता, सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि लगातार दोस्रो पटक जितेको छ ।

    जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा ९ अंकले अघि रहेको छ । मनाङको २० अंक रहेको छ । सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको छ । सातदोबाटो छैटौँ स्थानमा रहेको छ ।